कुमार मोक्तानको अल्लारे सोझो म्ही बजारमा
काठमाडाैं | पुस १९, २०७९
काठमाडौँ: तामाङ मेगास्टार कुमार मोक्तान अभिनित ‘अल्लारे सोझो म्हीँ’ बजारमा आएको छ । ओेएसआर डिजिटलबाट शुक्रवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । तामाङ मेगास्टार कुमार मोक्तान वर्तमान तामाङ चलचित्र संघका अध्यक्ष समेत हुन ।
प्रतिक मोक्तानले लेखेको उक्त गीतलाई जोगलाल लामाले संगीत र संगीत संयोजन गरेका हुन । गायक प्रकाश लामा र गायिका बिना घलेको आवाज रहेको गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।
अजय स्याङ्तानको निर्देशनमा बनेको उक्त भिडियोलाई नरेन मोक्तानले कोरियोग्राफी, बिक्रम मोक्तानले छायांकन, राजेन्द्र मोक्तानले कलर गरेका हुन । भिडियोको तामाङ मेगास्टार कुमार मोक्तान र रोहनी लामाको आवाज रहेको छ ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

